महिलाद्वारा मट्टीतेल छर्केर आत्मदाहको प्रयास

महिलाद्वारा मट्टीतेल छर्केर आत्मदाहको प्रयास
सुन्नुहोस्

दार्चुलामा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । शैल्यशिखर नगरपालिका–५ की सुना साउँदले शरीरमा मट्टीतेल छर्केर आत्मदाह गर्न खोजेको बताइएको छ ।

४५ वर्षीया साउँदले बिहान ११ बजेको समयमा घरमा मट्टीतेल छर्केर आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ । उनको शरीरको माथिल्लो भाग जलेको छ ।

गम्भीर अवस्थामा रहेकी उनको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू