गाँजा बोक्दै हिँडेकाहरु झोलुङ्गे पुल नजिकै समातिए

गाँजा बोक्दै हिँडेकाहरु झोलुङ्गे पुल नजिकै समातिए
सुन्नुहोस्

महोत्तरीमा गाँजा बोकेका दुई जना पक्राउ परेका छन् । बर्दिबास नगरपालिका १० का २८ वर्षीय सुरेन्द्रराय यादव र ३८ वर्षीय अमरसिंह लोप्चनलाई गाँजासहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

प्रहरी चौकी खयरमाराबाट खटिएको टोलीले उनीहरुलाई स्थानीय खयरमाराको झोलुङ्गे पुल नजिकैबाट १० केजी गाँजासहित गएराति नियन्त्रणमा लिइएको हो । 

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
 

टिप्पणीहरू