ताहाचलमा लुकाइएको एक टन पटका बरामद

ताहाचलमा लुकाइएको एक टन पटका बरामद
सुन्नुहोस्

भारतबाट अवैध तवरले ल्याइएका एक हजार दुई सय २३ केजी आतिसवाजी/पटकासहित तीन जना राजधानीमा पक्राउ परेका छन् । 

काठमाडौंको ताहाचल बस्दै आएका भारतीय नागरिक २८ वर्षीय धर्मेन्द्र साह, रौतहटका ३२ वर्षीय राजु भन्ने दिपक मण्डल र सर्लाही घर भई हाल जोरपाटी बस्ने २८ वर्षीय मुकेश मण्डललाई प्रहरीले विस्फोटक पदार्थसहित नियन्त्रणमा लिएको जनाइएको छ ।

 

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्रेको हो । अवैध रुपमा भारतबाट पटका, भुईंचम्पालगायत आतिसवाजीजन्य विष्फोटक पदार्थ ल्याएर भण्डारण गरेको सूचना प्राप्त भएपछि प्रहरीले आज छापा मारेको हो । 

अस्ति शुक्रबार कार्यालयबाट खटिएको टोलीले ताहाचलस्थित मान्टारबाट ६५ ओटा बोरामा हालिएको एक हजार दुई सय २३ केजी विभिन्न किसिमका आतिसवाजी पटकासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । तीनै जनाविरुद्ध कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको छ ।

टिप्पणीहरू