मोटरसाइकल चढेर आएका भारतीयको साथमा २६ लाखको बिटो

मोटरसाइकल चढेर आएका भारतीयको साथमा २६ लाखको बिटो

प्रहरीले भारतबाट मोटरसाइकल चढेर आएका एक जना भारतीयको साथबाट २६ लाख रुपैयाँ बरामद गरेको छ । स्रोत नखुलेको उक्त नेपाली रुपैयाँसहित बिहारको मधुवनी जिल्लाका २६ वर्षीय सुमित साहलाई नियन्त्रणमा लिएको जनाइएको छ । 

प्रहरीले मटिहानी ३ मा रहेको जनकपुर–मटिहानी सडक खण्डको प्रतापी बाबा मन्दिर अगाडिबाट साहलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार ज.१२ प १६४४ नम्बरको मोटरसाइकलबाट भारतबाट नेपालतर्फ आउँदै गरेका साहले उक्त रकम मोटरसाइकलको सिटमुनि लुकाएर ल्याएका थिए । 

बरामद भएका नोटमा एक हजार, एक सय र ५० दरका नेपाली रुपैयाँ हुन् ।

टिप्पणीहरू