भक्तपुरमा किशोरी, उदयपुरमा महिला बलात्कृत

भक्तपुरमा किशोरी, उदयपुरमा महिला बलात्कृत

भक्तपुरमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा काठमाडौंको नरेफाँट बस्दै आएका ५२ वर्षीय सूर्यबहादुर भण्डारी पक्राउ परेका छन् ।

अस्ति दिउँसो सूर्यविनायक नगरपालिका ९, पलाँसेस्थित रिसोर्टमा किशोरीलाई करणी गरेको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले हिजो साँझ उनलाई नियन्त्रणमा लिएको हो । 

उदयपुरमा पनि ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कटारी नगरपालिका १, बेलसोतका २५ वर्षीय जयबहादुर खपाङ्गी मगरलाई प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।  

मगरले ती महिलालाई आइतबार राति करणी गरेको बताइन्छ । महिलाको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनलाई हिजो दिउँसो पक्रेको हो ।

टिप्पणीहरू