बलत्कारको आरोपपछि बेपत्ता हेडसर भेटिए

बलत्कारको आरोपपछि बेपत्ता हेडसर भेटिए
सुन्नुहोस्

१२ वर्षीय बालिका बलात्कार आरोपमा एक विद्यालयका प्रधानाध्यापक समातिएका छन् । 

बलात्कारपछि फरार रहेका तनहुँको ऋषिङ गाउँपालिका–७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई लमजुङको भोर्लेटारबाट प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । 

गत ३१ साउनमा प्रधानाध्यापक थापाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । त्यसलगत्तै उनी फरार थिए । 

घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू