नेपालगञ्जका जनप्रतिनिधि नौ हजार घूसमा डामिए

नेपालगञ्जका जनप्रतिनिधि नौ हजार घूसमा डामिए

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया घूससहित समातिएका छन् । नौ हजार रुपैयाँ घूस बुझेका उनलाई अख्तियारको टोलीले आज पक्रेको हो । 

अनुदानको रकम भुक्तानी सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले कडवियालाई नियन्त्रणमा लिएको बताइएको छ । 

अनुसन्धानका क्रममा पशु फर्म निर्माण कार्य सम्पन्न भएपछि अनुदान रकम प्राप्त गर्न वडा कार्यालयबाट सिफारिस गरिदिने आश्वासनका साथ सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

टिप्पणीहरू