सुन काण्डमा माओवादी उपाध्यक्षका छोरा समातिए

सुन काण्डमा माओवादी उपाध्यक्षका छोरा समातिए

इलेक्ट्रिक सिगरेट (भेप) मा सुन लुकाइएको तस्करीमा संलग्न रहेको आरोप लागेका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले राहुललाई आज दिउँसो नियन्त्रणमा लिएको बताइएको छ । 

सोही प्रकरणमा जोडिएका चिनियाँ व्यापारी वाङसँग राहुलको पटक–पटक फोन सम्पर्क भएको सीआईबीको अनुसन्धानबाट खुले पनि उनी पक्राउ परेका थिएनन् । सत्तारुढ दलका शक्तिशाली नेताको छोरा भएकै कारण उनलाई उन्मुक्ति दिइएको आरोपसमेत लाग्दै आएको थियो । 

आमरुपमा समेत यसलाई लिएर सरकार र माओवादी केन्द्रको चर्को आलोचना भएपछि राहुलले सामाजिक सञ्जालमार्फत आफू सिआईबीको अनुसन्धानलाई सघाउन तयार रहेको बताएका थिए । उक्त प्रकरणमा कृष्णबहादुर महरा समेत संलग्न रहेको आरोप छ । महराले भने वाङलाई आफूले फलफूल व्यापारीका रुपमा चिनेको र सुन तस्करीबारे कुनै जानकारी नभएको बताउँदै आएका छन् ।

टिप्पणीहरू