उपेन्द्र यादवको फेसबुकमा महिलाको अश्लिल फोटो पोष्टाउनेको खोजी

उपेन्द्र यादवको फेसबुकमा महिलाको अश्लिल फोटो पोष्टाउनेको खोजी
सुन्नुहोस्

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको फेसबुक पेजको स्टोरीमा महिलाको अश्लिल फोटो हाल्ने व्यक्तिको खोजी शुरु भएको छ ।  

उनको फेसबुक पेजमा आज बिहान अपरिचित महिलाको अश्लील फोटो अपलोड गरिएको थियो । त्यसरी अश्लिल फोटो अपलोड गर्नेको खोजी गरेर कारबाहीका लागि प्रहरीसमक्ष निवेदन हालिएको छ । 

हाल दक्षिण भारतमा रहेका यादवको तर्फबाट प्रहरीमा दिइएको लिखित उजुरीमा भनिएको छ, ‘यादवको नाम, थर र तस्बिर प्रयोग गरी कुनै अज्ञात व्यक्ति/समूहले सामाजिक सञ्जाल फेसबुकमा फेक पेजको आइडी बनाइ भदौ १३ गते बिहान उक्त पेजको स्टोरीमा अपरिचित महिलाको अश्लील फोटो अपलोड गरेर चरित्रहत्याको दुष्प्रयास भएको छ ।’ 

सामाजिक सञ्जालमा चरित्रहत्याको दुष्प्रयास भएको भन्दै साइबर ब्युरोमा जाहेरी दिइएको निजी सचिव महेश चौरसियाले जानकारी दिएका हुन् । उनले दिएको उजुरीमा यादवको आधिकारिक प्रमाणित फेसबुक पेज नियमित सञ्चालन भएकाले साइबर ब्युरो, भोटाहिटीमा अभद्र एवम् अश्लील कार्यमा संलग्न दोषीमाथि यथाशीघ्र कारबाही प्रक्रिया बढाउन भनिएको छ ।

टिप्पणीहरू