पोलिक्लिनिकमा जुवाको खाल

पोलिक्लिनिकमा जुवाको खाल

कञ्चनपुरमा जुवाको खालबाट सात जना जुवाडे पक्राउ परेका छन् । पुनर्वास नगरपालिका ३ स्थित बीएन पोलिक्लिनिकमा जुवा खेलिरहेको अवस्थामा पोलिक्लिनिकका सञ्चालक बर्दियाका ३२ वर्षीय सागर केसीसहित सात जना समातिएका हुन् । 

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले गएराति उनीहरुलाई ८५ हजार ८ सय ३५ रुपैयाँ नगद र चार बुक ताससहित नियन्त्रणमा लिएको बताइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू