डिएसपी ठगबहादुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

डिएसपी ठगबहादुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सुन्नुहोस्

इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम १८ लाख रुपैयाँ बिगो मागदाबी गर्दै उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जानकारी दिएको छ । 

बुटवल उपमहानगरपालिकामा रहेको हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिएको तर फिर्ताको क्रममा रकम मागेको सूचनाका आधारमा केसीको निवास खोजतलास गर्दा आयोगको टोलीले नगद र सुन बरामद गरेको थियो । केसीले २०७९ मंसिर २५ गते हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाईन्ट सुन बरामद गरेका थिए । 

तर, १५ दिनसम्म आफु कार्यरत कार्यालयमा कुनै जानकारी नगराई उनले सुन फिर्ता नगरेको, उल्टै सुन फिर्ताको कागज गर्न लगाएर आफैंसँग सुन राखेका थिए । 

सोही क्रममा उनले दुई जनासँग क्रमशः आठ लाख ५० हजार र नौ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घुस लिएको पाइएपछि उनीविरुद्ध मुद्दा दायर भएको हो ।

टिप्पणीहरू