सुर्तिको खोलभित्र ब्राउन सुगर, घरभित्र पौने ५ लाख भारु

सुर्तिको खोलभित्र ब्राउन सुगर, घरभित्र पौने ५ लाख भारु
सुन्नुहोस्

कैलालीमा प्रहरीले २ ग्राम १९० मिलिग्राम ब्राउनसुगर र स्रोत नखुलेको पौने चार लाख ७४ हजार पाँच सय रुपैयाँ फेला पारेको छ । गोदावरी गाउँपालिका १, वनखेतका ३५ वर्षे रमेशबहादुर तिरुवाको साथ र घरबाट इलाका प्रहरी कार्यालय मालाखेतीले उक्त परिमाणको लागुऔषध तथा रकम बरामद गरेको बताइएको छ ।

हिजो दिउँसो प्रहरी निरीक्षक रविन्द्र सिंह कार्कीको कमाण्डमा सादा पोशाकमा खटिएको टोलीले तिरूवाको शरी र घर खानतलासी गरेको थियो । ब्राउनसुगर घरभित्रको भित्ताको प्वालमा सुपर पावर नामक सुर्तीको खोलभित्र लुकाएर राखिएको अवस्थामा फेला परेको हो ।

प्लाष्टिकभित्र १७ पोका ब्राउन सुगर र एक प्याकेटमा सेतो पदार्थ पदार्थ फेला परेको प्रहरीको भनाई छ । त्यस्तै घरभित्र पंखाको कार्टुनमा चार लाख ७४ हजार पाँच सय राखिएको अवस्थामा फेला परेको हो ।

टिप्पणीहरू