सेकुवा कर्नरमा जुवाको खाल

सेकुवा कर्नरमा जुवाको खाल

प्रहरीले सेकुवा कर्नरमा जुवा खेलिरहेका छ जना जुवाडेलाई खालबाटै समातेको छ । दमक नगरपालिका वडा नम्बर २ पाङनीस्थित चुलाचुली सेकुवा कर्नर होटलमा जुवा खेलिरहेको अवस्थामा सञ्चालक हिमाल राईसहित छ जनालाई नियन्त्रणमा लिइएको छ ।

विशेष सुराकीको आधारमा अस्थायी प्रहरी पोष्ट फाल्गुनन्द र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उनीहरुलाई पक्रेको बताइएको छ । उनीहरुको साथबाट २२ हजार ७ सय ३५ रुपैयाँ नगद र तीन बुक तास बरामद गरिएको छ । हिजो पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू