सुवेदीको घरमा जुवाको खाल, सात जना समातिए

सुवेदीको घरमा जुवाको खाल, सात जना समातिए
सुन्नुहोस्

तनहुँमा सात जना जुवाडे खालबाटै समातिएका छन् । भिमाद नगरपालिका-२ धरमपानीका गोपाल कृष्ण सुवेदीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीसहित सात जनालाई प्रहरीले पक्रेको हो । 

विशेष सुराकीको आधारमा प्रहरी चौकी किहुँबाट खटिएको टोलीले उनीहरुलाई गएराति नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीले खालबाट २१ हजार ६ सय ६० रुपैयाँ नगद र ३ तासबुक बरामद गरेको छ ।

साथै, पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
 

टिप्पणीहरू