नक्कली सर्टिफिकेट देखाएर जागिर खाएका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली सर्टिफिकेट देखाएर जागिर खाएका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
सुन्नुहोस्

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका अधिकृत (छैठौं तह) हीमकुमारी सुनार भ्रष्टाचारमा मुछिएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

सुनारले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिई नियम विपरीत सरकारी सेवामा कार्यरत रहेको अख्तियारको दावी छ । माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएकी उनले सरकारी लाभ र सुविधा प्राप्त गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी गर्दै आज मुद्दा दायर गरेको जनाएको छ ।

टिप्पणीहरू