दानको जग्गामा ६ लाख खानेहरु अख्तियारको फन्दामा

दानको जग्गामा ६ लाख खानेहरु अख्तियारको फन्दामा
सुन्नुहोस्

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र वडा नम्बर २ का पूर्ववडाध्यक्ष भ्रष्टाचारमा तानिएका छन् । 

वडा कार्यालयको भवन निर्माण गर्दा अनियमितता गरेको ठहर गर्दै अख्तियारले प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र वडाध्यक्ष रमेशकुमार बस्नेतसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । वडाको भवनका लागि जग्गा खरिद गर्दा उनीहरुले आपसी मिलेमतोमा आर्थिक अनियमितता भएको अख्तियारको दावी छ । 

वडानम्बर २ का लेखापाल जीवन सुवेदीविरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ । उनीहरुले वडा नम्बर २ को भवन निर्माणको लागि दानपत्रमार्फत निःशुल्क प्राप्त भएको जग्गा ६ लाख रुपैयाँमा खरिद गरेको भनी भुक्तानी लिएको आफ्नो अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ  । 

अख्तियारको अभियोग पत्रमा तीनै जनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम ६ लाख रुपैयाँ बिगो कायम गरी सजाय मागदाबी गरिएको छ ।

टिप्पणीहरू