करौडौंको सम्पत्ति थुपारेका जलस्रोतका हाकिम भ्रष्टाचारमा डामिए

करौडौंको सम्पत्ति थुपारेका जलस्रोतका हाकिम भ्रष्टाचारमा डामिए

जलस्रोत अनुसन्धान विकास केन्द्रका लेखा अधिकृत तोरणबहादुर कार्की भ्रष्टाचारमा मुछिएका छन् । गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा उनीविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कार्कीले ४ करोड ६७ लाख ३८ हजार ७ सय ८० रुपैयाँ गैरकानुनी आर्जन गरेको अनुसन्धानबाट खुलेको छ । २०५३ जेठ १७ देखि २०७९ मंसिर २८ सम्म कार्कीले आर्जन गरेको सम्पत्ति अनुसन्धान गर्दा वैध आय १ करोड ८ लाख ४८ हजार ५ सय ९० मात्रै देखिएको अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

अख्तियारले स्रोत नखुलेको सम्पत्तिलाई बिगो कायम गरी त्यति नै जरिवाना, सम्पत्ति जफत र कैद सजाय माग दाबी गरेको छ । सम्पत्ति जफतका लागि अख्तियारले कार्कीकी पत्नी उर्मिला थापा कार्कीलाई समेत प्रतिवादी बनाएको छ ।

अनुसन्धानका क्रममा कार्की परिवारका नाममा ५ करोड ७५ लाख ८७ हजार ३ सय ७० रुपैयाँ भेटिएको अख्तियारले जनाएको छ । कार्कीले घर निर्माण, जग्गा खरिद तथा विभिन्न कम्पनीमा सेयर लगायतमा स्रोत नखुलेको सम्पत्ति जोडेको पनि भेटिएको छ ।

टिप्पणीहरू