धनगढी उपमहानगरविरुद्ध मानहानीको मुद्दा

धनगढी उपमहानगरविरुद्ध मानहानीको मुद्दा

कैलाली जिल्ला अदालतको आदेश लत्याएको भन्दै धनगढी उपमहानगरपालिकाविरुद्ध मानहानीको मुद्दा दायर भएको छ ।

दक्षिणकाली हाटबजार सञ्चालनको ठेक्का पाएका ओम पाठकले उपमहानगरपालिकालाई विपक्षी बनाई आज रिट हालेका हुन् । मेयर गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र सिंगो उपमहानगरपालिकालाई विपक्षी बनाई दायर रिटमाथि बिहीबारका लागि बहस तोकिएको छ । 

जिल्ला अदालतले सम्झौता विपरित काम नगर्न र नगराउन आदेश दिएपनि उपमहानगरपालिकाले वडा नम्बर ४ स्थित दक्षिणकाली हाटबजारमा डोजर चलाइएको थियो । उक्त कदमले अदालतको अवहेलना गरेको जिकिर लिएर पाठक अदालत गएका हुन् ।

टिप्पणीहरू