भीमढुंगामा बस्ने, स्वयम्भूमा नक्कली नोटको कारोबार गर्ने
प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न एक जनालाई पक्रेको छ । स्वयम्भू क्षेत्रमा त्यस्तो नोटको कारोबार भइरहेको बखत एक हजार दरका एक हजार थान नोटसहित ३८ वर्षे गौरव पक्राउ परेका हुन् ।
नक्कली नोटसहित पक्राउ परेका थापा गोरखाको गोरखा नगरपालिका ४, धारापानीका भएको बताइएको छ । उनी नागार्जुन नगरपालिका ८, भीमढुंगामा बस्दै आएका थिए ।
एक लाख बराबरको नक्कली नोट बोकेका थापाको साथमा रहेको दुई थान मोबाइल पनि प्रहरीले बरामद गरेको छ । आवश्यक कारबाहीको निम्ति उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
टिप्पणीहरू