२६ लाख बोकेका कर अधिकृत विमानस्थलमा पक्राउ, अर्का कर्मचारी फरार

२६ लाख बोकेका कर अधिकृत विमानस्थलमा पक्राउ, अर्का कर्मचारी फरार
सुन्नुहोस्

नेपालगञ्जबाट काठमाडौं आउन लागेका आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका कर अधिकृत खगेन्द्र सापकोटा २६ लाख रुपैयाँसहित पक्राउ परेका छन् । उनलाई स्रोत नखुलेको रकमसहित नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको बताइएको छ ।

सापकोटासँगै काठमाडौं आउन लागेका सोही कार्यालयका कर्मचारी दिपक पौडल फरार भएका छन् । विमानस्थलमा लगेज जाँचका क्रममा सापकोटाको झोलाबाट उक्त रकम प्रहरीले बरामद गरेको हो ।

सापकोटा र पौडेल श्री एयरलाइन्सको उडानमा काठमाडौं आउने तयारीमा थिए । सापकोटालाई पक्रेर बाँके प्रहरीले अनुसन्धान थालेको छ भने पौडेलको व्यापक खोजी गरिएको जानकारी दिइएको छ ।

टिप्पणीहरू