पत्रकारहरुलाई भोकै राखेका टेलिभिजन सञ्चालकहरुको प्रहरीद्वारा खोजी
कृषि टेलिभिजनका सञ्चालकहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरले टेलिभिजनका सञ्चालक तेजविक्रम थापामगर र सम्झना कर्णिकारविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।
बैंकिङ कसूरको आरोपमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको परिसरले जनाएको छ । कृषि बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षसमेत रहेका उनी गोरखा र कृषि टेलिभिजनका सञ्चालक हुन् ।
ललितपुरको जावलाखेलमा कार्यालय रहेको टेलिभिजनमा आबद्ध पत्रकारहरु तलब नदिएपछि लामो समयदेखि आन्दोलनरत छन् । महिनौंदेखि तलब नपाएका पत्रकारहरुलाई उनले पैसा नभएको बैंक खाताको चेक दिएर झुल्याउँदै आएका थिए । तीन साताअघि दुई जना पत्रकारले उनीविरुद्ध परिसरमा उजुरी हालेपछि पक्राउ पूर्जी जारी भएको हो ।
टिप्पणीहरू