अल्वानियाको सपना देखाई लाखौँ कुम्ल्याएर भागेकी युवती प्रहरीको फन्दामा

अल्वानियाको सपना देखाई लाखौँ कुम्ल्याएर भागेकी युवती प्रहरीको फन्दामा

वैदेशिक रोजगारीमा अल्वानिया पठाइदिने नाममा ठग्दै आएकी एक युवती पक्राउ परेकी छन् । आकर्षक तलबको प्रलोभन देखाउँदै सर्वसाधारण ठगेकी सुधा चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई आज सिनामंगलबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाएको छ । झापा स्थायी वतन भएकी २५ वर्षीय सुधालाई प्रहरीले उनको डेरा सिनामंगलबाट समातेको बताइएको छ । 

वैदेशिक रोजगारीमा अल्वानिया पठाइदिने र त्यहाँ पुगेपछि प्याकिङको काम लगाइदिने प्रलोभनमा उनले पौने तीन लाख रुपियाँ ठगेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । अल्वानिया जान प्रतिव्यक्ति आठ लाख लाग्ने र मासिक ७२ हजारभन्दा बढी तलब हुने आश्वासनमा पीडितबाट पटक-पटक गरी दुई लाख ७२ हजार रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएकी थिइन् । 

आफू ठगिएको थाहा पाएपछि पीडितले वैदेशिक रोजगार विभाग गुहारेको र विभागकै अनुरोधमा खोजतलास अघि बढाएको प्रहरीले सुधालाई आज नियन्त्रणमा लिएको हो ।
 

टिप्पणीहरू