ड्राइभिङ सेन्टर बन्यो व्यक्ति थुन्ने, धम्क्याउने र रकम उठाउने थलो

ड्राइभिङ सेन्टर बन्यो व्यक्ति थुन्ने, धम्क्याउने र रकम उठाउने थलो

राजधानीको एउटा ड्राइभिङ सेन्टर मानिसलाई थुन्ने, धम्क्याउने र रकम असुल्ने केन्द्रमा परिणत भएको पाइएको छ । काँडाघारीस्थित ड्राइभिङ सेन्टर र घरजग्गा कारोबार गरिएको कार्यालय पीडितलाई थुनेर रकम उठाउने स्थल बनेको छ । 

भदौ २० गते केही व्यक्तिले उक्त कार्यालयमा पीडितलाई थुनेर बोल्न र कराउन समेत नदिइको, अन्यथा गरेमा ज्यान लिनेसम्मको धम्की दिइएको र कुटपिटपछि २० लाखको चेक र साढे आठ लाखको कागज गराइ छाडिएको थियो ।

उक्त कार्यमा संलग्न कामनपा ३२ का ३३ वर्षे सुरज कुमार श्रेष्ठलाई प्रहरीले काँडाघारीबाट हिजो पक्रेको हो । थप अनुसन्धान तथा कारबाहीको निम्ति उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ । प्रहरीले सोही अपराधमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास जारी रहेको जानकारी दिएको छ ।

टिप्पणीहरू