धरानका उपमेयरका भाइमाथि खुकुरी प्रहार

धरानका उपमेयरका भाइमाथि खुकुरी प्रहार
सुन्नुहोस्

धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाका भाइमाथि खुकुरी प्रहार भएको छ । धरान-१५ सुर्यवस्तीस्थित घरमै प्रवेश गरि एक समूहले उपमेयरका भाइ विष्णु बेघामाथि खुकुरी हानेको बताइएको छ ।

१५ देखि २० जनाको समूहमा आएका युवाले घरमै आएर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट विष्णुको देब्रेपट्टीको गालामा चोट लागेको छ ।

घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको र खुकुरी प्रहार गर्ने केटाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू