घुस लिँदालिँदै हेडसर च्याप्पै

घुस लिँदालिँदै हेडसर च्याप्पै
सुन्नुहोस्

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ७ भिस्मापुरस्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय घुससहित पक्राउ परेकी छन् । 

हाजिर गराउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १४ हजार पाँच सय रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई समातेको हो । 

आयोगको नेपालगञ्जबाट खटिएको टोलीले उनलाई आज सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ ।

टिप्पणीहरू