पाँचथरमा भाइबुहारीलाई बन्दुक देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ

पाँचथरमा भाइबुहारीलाई बन्दुक देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ
सुन्नुहोस्

पाँचथर । पाँचथर प्रहरीले बन्दुक देखाएर ज्यान धम्की दिएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–५, फाक्तेप निगुरे बस्ने ३० वर्षीय दिपक चेम्जोङ रहेको प्रहरीले जनाएको छ । घरायसी विवादमा आफ्नै भाईबुहारीलाई भरुवा बन्दुक देखाएर ज्यान मार्ने धम्की दिएको आरोपमा युवकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मापसे गरेका उनीसँग शुक्रबार भाई प्रेम चेम्जोङ र बुहारी भूमिका (राई) चेम्जोङबीच विवाद भएको थियो । सोही क्रममा उनले भरुवा बन्दुक खेदाएर बुहारी भूमिकालाई मार्ने धम्की दिएको आरोप उनीमाथि छ ।

आरोपित लाइ हातहतियार खरखजना सम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धा भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
 

टिप्पणीहरू