४० वर्षीया महिला बलात्कृत, ४२ वर्षे पुरुष समातिए

४० वर्षीया महिला बलात्कृत, ४२ वर्षे पुरुष समातिए

झापामा ४० वर्षीया महिला बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका वडा नं.९ धुलाबारीका ४२ वर्षीय तिलक श्रेष्ठलाई पक्राउ गरेको छ ।  

गत भद्रौ २३ गते दिउँसो बिर्तामोड नगरपालिका वडा नं.५ महानन्द चोकस्थित हाउसमा लगि ती महिलालाई करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो नियन्त्रणमा लिएको हो । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू