पाँच हजार घुस लिएका वनका हाकिम स्थानीयको कब्जामा

पाँच हजार घुस लिएका वनका हाकिम स्थानीयको कब्जामा

जोरायल सब डिभिजन कार्यालय डोटीका सहायक वन अधिकृत भक्तराज गिरी घुससहित समातिएका छन् । दाउराको छुट पुर्जी बनाइदिने नाममा पाँच हजार घुस मागेका उनलाई सामुदायिक वनका उपभोक्ताहरुले नियन्त्रणमा लिएका हुन् । 

गिरीले जोरायल गाउँपालिका–२, बुडरका गणेश भण्डारीलाई दाउराको छुट पुर्जी बनाइदिने भन्दै घुस मागेका थिए । आवादी जमिनको दाउराका लागि छुट पुर्जी दिन घुस माग्न थालेपछि भ्रष्ट वन अधिकृतलाई उपभोक्ताहरूले रंगेहात कब्जामा लिई इलाका प्रहरी कार्यालय बुडरको जिम्मा लगाएका हुन् ।

उक्त कार्यालयका सई हरिभानसिंह साउदले वन अधिकृत गिरीसहित दुवै पक्षसँग प्रहरी कार्यालयमा छलफल भइरहेको बताए । घटनाबारे अनुसन्धान भइरहेको उनको भनाई छ । 

शुरुमा सहायक वन अधिकृत गिरीले छुट पुर्जीका लागि १० हजार रुपैयाँ मागेको र पछि पाँच हजारमा कुरो मिलेको भण्डारीको आरोप छ ।

टिप्पणीहरू