राजमार्गमा नाफा खाने ब्यापारी डेढ लाख धरौटीमा रिहा

राजमार्गमा नाफा खाने ब्यापारी डेढ लाख धरौटीमा रिहा

राजमार्गमा होटेल पसल थापेर ग्राहक ठगी गरेको आरोपमा  पक्राउ परेका अर्जुनबहादुर रानाभाट  डेढ लाख रुपैयाँ धरौटी  राखेर तारेखमा रिहा भएका छन् । पृथ्वी राजमार्गमा पर्ने म्याग्दे गाउँपालिका २ गुणादीमा पोखरा हाइवे रेस्टुरेन्ट एन्ड खाजाघर सन्चालन गरी आएका रानाभाटले लामो तथा मध्यम दूरीका बस व्यवसायीहरुसङ्ग सेटिङ मिलाई खाजा खाना खान बस रोक्ने ब्यवस्था मिलाएर महङ्गो मूल्यमा सामान बेच्दै आएका थिए ।

कम्पनीको पृन्ट मूल्य छोपेर नक्कली स्टिकर टाँसी मूल्य बढाई उपभोक्ता ठगी गरेको भनी तनहुँ  प्रशासनमा उजुर  परेपछि अनुगमन गर्दा रानाभाट रङ्गेहात पक्राउ परेका थिए । तनहुँ  प्रहरीले रानाभाटबिरुद्द कालोबजार तथा केही सामाजिक अपराध  ऐन २०३२ बमोजिम हिरासतमा लिई मुद्दा चलाएको थियो । अनुसन्धानपश्चात् जिल्ला प्रशासन कार्यालय तनहुँमा दायर भएको मुद्दामा डेढ लाख धरौटी लिई मुद्दा अनुसन्धान गर्ने थुनछेक आदेश भएको थियो । आरोपी अर्जुन रानाभाट  धरौटी राखी हिरासत  मुक्त भएका छन् ।

अब के गर्नुहुन्छ भन्ने हाम्रो जिज्ञासामा उनले आफूले गल्ती गरेको महसुस गर्दै भने "अब कानुनको पालना गर्दै मर्यादित ब्यवसाय गर्छु र राजमार्गका अन्य ब्यबसायी साथीहरुलाई पनि ठगी ब्यवसाय  नगर्न सल्लाह दिन्छु " ।

टिप्पणीहरू