हत्या गरिएका सबैमाथि धारिलो हतियार प्रहार, पोष्टमार्टमको निम्ति शव शिक्षण अस्पतालमा

हत्या गरिएका सबैमाथि धारिलो हतियार प्रहार, पोष्टमार्टमको निम्ति शव शिक्षण अस्पतालमा
सुन्नुहोस्

काठमाडौं, तीनकुनेस्थित गैह्रीगाउँमा गएराति हत्या गरिएका चारै जनाको शव शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । तीमध्ये तीन जना एकै परिवारका हुन् ।

तीनकुनेको दिव्य सःमिल भित्र काठले बनाइएको एक तले जस्ताको टहरोमा उनीहरुको शव फेला परेको हो । दुई पुरुष र दुई महिलाको शव धारिलो हतियार प्रहार भएको अवस्थामा फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताएका ।

उनीहरुमध्ये तीन जना एकै परिवारका हुन् । अन्दाजी ५६ वर्षे कुमार भुजेल, उनकी श्रीमती ५२ वर्षकी अम्बिका, कुमारकी आमा वर्ष ७६ की शुभद्रासँगै मोरङ बेलबारीका अन्दाजी २० वर्षका नवीन राई सबैको टाउको र शरीरमा धारिलो हतियार प्रहार भएको पाइएको छ । 

दिव्य सःमिल हाल गौशाला बस्ने दोलखा, कालिञ्चोक गाउँपालिका ८ का बालकृष्ण शिवाकोटीको हो । हत्या भएकामध्ये कुमा भुजेल मिलमा गेटपालेको काम गर्दै आएका थिए । उनी पनि दोलखा हो । 

घटनास्थलको काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू