गैह्रीगाउँ सामूहिक हत्या प्रकरण : आरोपित बोल्न नसक्ने, हातले लेखेर कसूर स्वीकार

गैह्रीगाउँ सामूहिक हत्या प्रकरण : आरोपित बोल्न नसक्ने, हातले लेखेर कसूर स्वीकार
सुन्नुहोस्

काठमाडौँको गैरीगाउँमा भएको सामूहिक हत्या प्रकरणमा पक्राउ परेका आरोपीले आफ्नो संलग्नता स्वीकार गरेका छन् । बोल्न नसक्ने उनको नाम प्रहरीले खुलाएको छैन । 

प्रहरीका अनुसार कापीमा लेखेर उनले हत्या स्वीकार गरेका हुन् । उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेखेका थिए । २१ वर्षीय उनको स्थायी ठेगाना मोरङ रहेको बताइएको छ । 

साथै उनले सांकेतिक भाषामा कक्षा १२ पास गरेको पनि प्रहरीलाई बताएका छन् । 

मारिएकामध्ये मोरङका नवीन राईसँग उनको रिसीइबी रहेको र सोहीकारण हत्या गरेको बताएका छन् । अन्य तीन जनाले हत्याबारे जानकारी पाएकाले उनीहरुलाई पनि आक्रमण गरेको उनले प्रहरी समक्ष दिएका छन् ।

आक्रमणमा परी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा र आमा ७० वर्षकी सुमित्रा भुजेलको पनि मृत्यु भएको छ ।

गैरीगाउँको दिव्य समिलमा चौकीदारको काम गर्ने दोलखाका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको थियो । प्रहरीले आज सिसिटिभी फुटेज हेरेर आरोपितलाई पक्रेको हो ।

टिप्पणीहरू