तीजको नाचगानमा रमाइरहेका साथीलाई कुटेर मार्नेहरु समातिए

तीजको नाचगानमा रमाइरहेका साथीलाई कुटेर मार्नेहरु समातिए
सुन्नुहोस्

पाल्पामा भएको व्यक्ति हत्याको घटनामा संलग्न रहेको आरोपमा चार जना समातिएका छन् । 

तिनाउ गाउँपालिका-२ घोडेबासका २४ वर्षीय सुनिल खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँका २० वर्षीय तिलक पुनसमेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि तिजको नाचगान चलिरहेको बेला खत्रीलाई कुटेर मारेको आरोप छ । 

प्रहरीका अनुसार सोही ठाउँस्थित तीज नाच भइरहेको स्थानमा दुई पक्षबीच शुरुमा झगडा परेको र विवाद बढ्दै जाँदा सुनिलमाथि उनकै साथीहरुले निर्घात कुटेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका खत्रीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले कुटपिटमा संलग्नहरूलाई पक्राउ गरेको हो ।

टिप्पणीहरू