छोराको कुटाइले सिकिस्त बृद्ध रहेनन्

छोराको कुटाइले सिकिस्त बृद्ध रहेनन्
सुन्नुहोस्

आफ्नै बृद्ध बाबुलाई कुटेर मार्ने एक निर्दयी छोरालाई प्रहरीले समातेको छ । कपिलवस्तुको वाणगंगाका २६ वर्षीय विकास परियार पिता हत्याको अभियोगमा पक्राउ परेका हुन् ।  

प्रहरीका अनुसार घरायसी विवाद हुँदा विकासले ६० वर्षीय बाबु बलबहादुर परियारलाई चिर्पटले हानेका थिए । चिर्पट प्रहारबाट गम्भीर घाइते भएका बलबहादुरको उपचारका क्रममा आज निधन भएको प्रहरीले बताएको छ । 

घटनाबारे थाहा पाएलगत्तै ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले विकासलाई पक्राउ गरेको हो । बलबहादुरको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । 

प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

टिप्पणीहरू