झोलाभरी डलर हालेर मौरिसस जान लागेका दुइजना गौशाला पुगे

झोलाभरी डलर हालेर मौरिसस जान लागेका दुइजना गौशाला पुगे

ठूलो परिमाणमा डलर विदेश लैजान लागेका दुई जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएका छन् । 

भिस्तारा एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै मौरिसस जान लागेका ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-७ स्थायी वतन भएका ३४ वर्षीय रविन इजाम र अर्का एकजनालाई ८ हजार डलरसहित त्यहाँ खटिएको प्रहरीले पक्राउ गरेको हो ।  

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा झोला जाँच गर्ने क्रममा अवैध डलर फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त गौशलामा पठाइएको छ ।

टिप्पणीहरू