विमान चढ्न लागेका भारतीयको साथमा ३२ वटा मोबाइल

विमान चढ्न लागेका भारतीयको साथमा ३२ वटा मोबाइल

नेपालगञ्जबाट काठमाडौं आउन लागेका चार जना भारतीयको साथबाट ३२ वटा मोबाइल बरामद गरिएको छ । प्रहरीले नेपालगञ्ज विमानस्थलबाट उनीहरुलाई ३२ वटा मोबाइल सेटसहित पक्राउ गरेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार बुद्ध एअरको उडानमा काठमाडौं जान लागेका भारत मध्य प्रदेशका चार जनालाई ३२ वटा मोबाइल सेटसहित नियन्त्रणमा लिइएको हो । भारतीय नागरिकहरु अमित सोलंकी, सजिव कुकरेजा, कमल बन्सारी र अमित पक्राउ परेका हुन् । 

बरामद मोबाइल भिभो, ओप्पो, रेडमी र सामुसङ कम्पनीका हुन् । प्रहरीले ती मोबाइल भारतमा चोरी भएको हुनसक्ने आशंका गरेको छ । चोरीका मोबाइल काठमाडौंमा बिक्री गर्न नेपालगञ्जबाट लैजान लागिएको बताइन्छ । 

तर पक्राउ परेकाले बिग्रेका मोबाइल काठमाडौंमा बनाउन आफूहरुले बोकेर ल्याएको दाबी गरेका छन् ।

टिप्पणीहरू