मदिराले निम्त्याएको बझाङ हत्या

मदिराले निम्त्याएको बझाङ हत्या

टेकसिंह धामी

हिजो बझाङमा मारिएका व्यक्ति र आरोपित दाजुभाइ रहेको खुलेको छ।

शुक्रबार साँझ छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको उनकै भाइ करिब ५५ वर्षीय बिजुली मण्डेलले छुरा प्रहार गरी हत्या गरेको खुलेको हो ।

दुवै जनाले सुरुमा सँगै मदिरा सेवन गरेको र विवाद हुँदा भाइले सुरुमा भाउजूलाई कुटेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरतबहादुर शाहले बताए । उनका अनुसार त्यसपछि दाजु जैलुले भाइलाई सुरुमा हँसिया प्रहार गरेकोमा आक्रोशित भाइले छुरा प्रहार गरी दाजुको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

हत्यापछि आरोपित फरार भएको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ । उनलाई पनि दाजुले प्रहार गरेको हँसिया लागेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी प्रज्वल महर्जनले फरार आरोपित पक्राउ गर्न छिमेकी जिल्लाका प्रहरीलाई समेत ‘अलर्ट’ गराएको बताए ।

 

टिप्पणीहरू