चाँदीका गहनासहित अशोक र विनोद समातिए

चाँदीका गहनासहित अशोक र विनोद समातिए

सप्तरीमा चाँदीको गहनासहित दुई जना पक्राउ परेका छन् । सिराहाको मिर्चैया नगरपालिका वडा नम्बर २, महदेवाका १९ वर्षीय अशोक साह र वडा नम्बर १२, बरही टिकुलियाका २४ वर्षीय विनोदकुमार ठाकुर चाँदीका विभिन्न गरगहनासहित पक्राउ परेका हुन् । 

बोदेबर्साइन नगरपालिका वडा नम्बर ५, खडक खोला पुल हुलाकी सडक खण्डमा खटिएको जिल्ला प्रहरी कार्यालय, सर्लाही र ईलाका प्रहरी कार्यालय, बोदेबसाईनको टोलीले उनीहरुलाई समातेको हो । उनीहरु आउँदै गरेको प्र.२–०१–००४ प ०३५८ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा चालक विनोदले बोकेको झोलाबाट साढे १७ किलोग्राम गहना फेला परेको प्रहरीले जनाएको छ । 

उक्त गहना १७ लाख ५० हजार रुपैयाँको रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरुको साथबाट दुई वटा मोबाइल, दुई लाख ९६ हजार ६०० रुपैयाँ, नेपाल बैंक लिमिटेडको ३३ हजार आठ सय रुपैयाँको चेक र एभरेष्ट बैंक लिमिटेडको २० हजार ९०० र ५६ हजार ५०० रुपैयाँको चेक बरामद गरिएको छ । पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय, ईटहरी पठाइएको छ ।
 

टिप्पणीहरू