त्रियुगाका पूर्व नगर प्रमुख भ्रष्टाचारमा तानिए

त्रियुगाका पूर्व नगर प्रमुख भ्रष्टाचारमा तानिए

उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालिन नगर प्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । 

राजस्व चुहावटको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीसहित तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकाल र निश्चल टे्डर्स हेटौंडाका प्रोप्राइटर तथा ठेकदार राजेश बछारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

उनीहरुको मिलेमतोमा आर्थिक वर्ष २०७८÷०७९ मा नगरक्षेत्रभित्रका बरुवा खोला, त्रियुगा खोला र सुनकोदी नदीको नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा बिक्रीवितरण गरी कर उठाउने ठेक्कामा अनुचित कार्य गरी बदनियतपूर्वक ८१ लाख ३५ हजार ३८२ रुपैयाँ रकम राजस्व हानि नोक्सानी पुर्याएको अख्तियारको दाबी छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कैद र दफा ७ बमोजिम राजश्व रकमको दोब्बर जरिवाना हुन मागदाबी गरेको छ ।

टिप्पणीहरू