हुण्डी कारोबारमा संलग्न भारतीयहरु राजधानीमा पक्राउ

हुण्डी कारोबारमा संलग्न भारतीयहरु राजधानीमा पक्राउ
सुन्नुहोस्

हुण्डी कारोबारमा संलग्न दुई भारतीय नागरिक नगदसहित पक्राउ परेका छन् । 

भारतको मोतिहारी घर भई हाल काठमाडौंको कुलेश्वर बस्दै आएका २४ वर्षीय ओम प्रकाशकुमार यादव र ४४ वर्षीय राकेश राय उक्त आरोपमा समातिएका हुन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा उनीहरुलाई कुलेश्वरबाट पक्रेको बताइएको छ ।

उनीहरुको साथबाट दुई लाख १० हजार ४९५ रुपैयाँ, चेकबुक र मोबाइल बरामद गरिएको छ । 

पक्राउ परेका उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर टेकू पठाइएको छ ।

टिप्पणीहरू