युवती ओसार्ने अरु, जेल पर्ने पत्रकार !

युवती ओसार्ने अरु, जेल पर्ने पत्रकार !

मकवानपुरका पत्रकार रमेश बञ्जारा केही समययता भीमफेदीस्थित कारागारमा छन् । पुर्पक्षका लागि जेल पठाइएका उनको पेसी सरेको स¥यै गर्छ, क्रिकेटर सन्दीप लामिछानेको मुद्दाझैँ । 

बञ्जारामाथि पनि लामिछानेको झैँ जबरजस्ती करणी मुद्दा मकवानपुर प्रहरीले चलाएको छ । अदालतमा विचाराधीन मुद्दा भएकाले धेरै बहस, व्याख्या र छलफल गरिएको छैन । तर, जसले जबरजस्ती करणी भयो भनेर जिल्ला अदालत हेटौँडामा जाहेरी दिएकी थिइन्, उनैले मलाई ‘मलाई फलानो’ ले जाहेरीमा सही गर्न लगाएर मुद्दा हाल्न लगाएका हुन्, मलाई जबरजस्ती करणी भएको छैन भनेर लिखित बयान दिएकी छन् । त्यसपछि पनि अदालतले डिएनए रिपोर्ट खोज्ने, अरु कागजहरू जम्मा गर्ने भन्दै अल्झाउन छाडेको छैन । 

पत्रकार बञ्जारामाथि जबरजस्ती करणीको मुद्दा चल्दैगर्दा फेरि अर्काे ट्विस्ट आयो । जाहेरीमा जबरजस्ती करणी भएको भन्ने व्यहोरामा उल्लेख भएको समय र स्थानको एउटा सिसिटिभी फुटेज हेटौँडाकै अर्का पत्रकार रविन्द्र गौतमले आफ्नो अनलाइन पत्रिकामार्फत् सार्वजनिक गरे । उक्त फुटेजमा बन्जाराले जबरजस्ती करणी गरेको भनिएको समयमा ती महिलालाई हेटौँडाकै कांग्रेस नेता अर्जुन तिवारीले बुलेट बाइकमा राखेर घटनास्थलतर्फ लगिरहेको देखिन्छ ।समाचारको आशय थियो–घटना हुँदाताका ती महिला र बञ्जाराको भेटै भएको छैन भने कसरी बलात्कार सम्भव छ  ? र, ती मान्छे को हुन् जसले महिलालाई बुलेट बाइकमा बोकेर हिँडिरहेको छ  ? यसरी बिना अपराध बनावटी मान्छे तयार पारेर जघन्य अपराधको मुद्दातिर पत्रकारलाई तान्न खोजिएपछि मकवानपुरे पत्रकारहरू तरंगित भए । धेरैले पत्रकार बञ्जारामाथि अन्याय भएको रहेछ भन्दै सान्त्वना पनि दिए । तर, पेसी निरन्तर सार्ने, गोलाप्रथा गर्दा पनि एकै जना न्यायाधीश परिरहने तरिकाले बञ्जारा अहिले पनि पुर्पक्षमै छन् । 

यता प्रकाशित समाचार र भिडियोले आफ्नो मानहानी भएको भन्दै बुलेट बाइकमा महिला बोक्ने अर्जुन तिवारीले अनलाइन पत्रिकाका सम्पादक एवं सञ्चालक रवीन्द्र गौतममाथि लिखित मानहानीको मुद्दा दायर गरेका छन् । समाचारमा चित्त नबुझे खण्डन गर्ने र त्यसले पनि नभए प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने कानूनी व्यवस्थालाई समेत अवमूल्यन गरी दायर भएको मुद्दामा गौतमलाई ३ वर्ष कैद र ३ देखि ५ वर्ष क्षतिपूर्ति माग गरिएको छ । 

यसरी निरन्तर पत्रकारमाथि एकपछि अर्काे गर्दै मकवानपुरमा आक्रमण जारी छ । पत्रकारिता धारिलो भएको हो वा गलत गर्नेहरू पत्रकारलाई तर्साएर राज गर्न चाहन्छन्  ? त्यसबारे बहस छलफल होला । तर, पछिल्लो समय पत्रकारमाथि यसप्रकारको दुव्र्यवहार भइरहँदा पत्रकार महासंघले घटनाको सहजीकरण गर्ने, न्यायका लागि पहल गर्ने, सुरक्षाको प्रत्याभूति गर्ने अथवा पत्रकारहरूलाई पनि सीमारेखा ननाघ्नका लागि सचेत पार्नेसम्मका काम गर्न सकिरहेको छैन । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगरले प्रेस काउन्सिलले हेर्नुपर्ने मुद्दा अदालतमा पेश भएकाले आवश्यक सहजीकरणका लागि काउन्सिलसँग समन्वय गरिररहेको बताउनुभयो । पत्रकारलाई एकपछि अर्कोगरी फसाउने कार्यका विरुद्ध मकवानपुरका पत्रकारहरू एकजुट हुन थालेका छन्। 
 

टिप्पणीहरू