कपिलवस्तुमा समातिएको रातो काठको अर्कै चर्चा

कपिलवस्तुमा समातिएको रातो काठको अर्कै चर्चा

कपिलवस्तुबाट ठूलो मात्रामा रातो काठ बरामद भएको छ । दुइवटा गाडीमा राखेर लैजान लागेको अवस्थामा ६ सय ५३ केजी उक्त काठसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

कपिलवस्तु र अर्घाखाँचीको सिमाना पत्थरकोटबाट आज बिहान सबा ५ बजे रक्तचन्दन जस्तो देखिने सो काठ बरामद भएको प्रहरीले जनाएको छ । उक्त काठ लोड गरिएको ना ५ ख ७३८२ नम्बरको १० चक्के ट्रक र लु २ च १६३९ नम्बरको बोलेरो डबल क्याप जिपलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका-३ का टिकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिस पन्त, राम सेवक चौधरी, दीपक कार्की र अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका-७ का गोकुल दर्लामी र मालारानी-३ का नीम बहादुर नेपाली रहेका छन् ।

विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले ट्रकमा लोड गरेर कपिलवस्तुतर्फ लैजाँदै गरेको अवस्थामा उक्त काठ समातेको प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । ट्रकसँगै अर्को एउटा पिकअप भ्यानमा समेत राताे काठ फेला परेकाे उनले बताए ।

उक्त राताे काठ रक्त चन्दन हुनसक्ने अनुमान गरेको प्रहरीले थप अनससन्धानका लागि जिल्ला वन कार्यालयमा बुझाएको छ । प्रहरीका अनुसार पक्राउ परेका एक जनाले रक्तचन्दन नै भएको स्वीकार गरेका छन् ।
 

टिप्पणीहरू