दश लाख लिएर फिल्म नखेलेका हिरोलाई अदालत लगियो

दश लाख लिएर फिल्म नखेलेका हिरोलाई अदालत लगियो

निर्मातासँग पैसा लिएर फिल्म खेल्न नमानेको आरोपमा अस्ति पक्राउ परेका अभिनेता अनमोल केसीलाई आज अदालत लगिएको छ । उनलाई म्याद थप गर्न टेकुस्थित जिल्ला प्रहरी परिसरबाट जिल्ला आदलत लगिएको हो । 

‘रावायण’ नामक फिल्मका लागि दश लाख रुपैयाँ लिएर पनि सुटिङका लागि नआएको भन्दै निर्माण कम्पनीको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएपछि शुक्रबार साँझ केसीलाई प्रहरीले भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । पक्राउ परेपछि हिरासतमा बस्न नमानेका उनी महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका थिए । 

फिल्मको निर्माण पक्षले केसीमाथि आपराधिक विश्वासघातको आरोप लगाएको छ । केसीले भने चलचित्रको स्क्रिप्ट मन नगरेपछि खेल्दिनँ भनेको बयान दिएका छन् ।

टिप्पणीहरू