राजधानीमा छुरा प्रहार, पेस्तोल र गोली बरामद

राजधानीमा छुरा प्रहार, पेस्तोल र गोली बरामद

राजधानीको गौशालामा एक जनामाथि छुरा प्रहार भएको छ । स्थानीय पीके डायग्नोसिस सेन्टरका सञ्चालक साबिर हुसेनमाथि छुरा प्रहार भएको बताइएको छ ।

घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल र एक थान गोली बरामद गरेको छ । प्रहरीका अनुसार घाइते हुसेनलाई उपचारार्थ केएमसी अस्पताल पुर्याइएको छ ।

फरार आक्रमणकारीको खोजी भइरहेको प्रहरीले बताएको छ । उक्त डायग्नोसिस सेन्टरले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने गरेको छ ।

टिप्पणीहरू