दिउँसै क्लिनिक सञ्चालकमाथि गोली प्रहार

दिउँसै क्लिनिक सञ्चालकमाथि गोली प्रहार

राजधानीमा दिउँसै एक जना क्लिनिक सञ्चालकमाथि गोली प्रहार भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर–९, शम्भुमार्गस्थित शारदा आधारभूत विद्यालयनजिक रहेको पिके डायग्नोस्टिक सेन्टर प्रालिका सञ्चालक साबिर हुसेनमाथि गोली प्रहार भएको हो । 

दुई जना अपरिचित व्यक्तिले क्लिनिकमा छिरेर गोली हानेको बताइएको छ । दायाँ घुँडामा गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ल्याइएको छ ।

टिप्पणीहरू