बलात्कार गरेर भागेका बोहोरा पाँच वर्षपछि पक्राउ

बलात्कार गरेर भागेका बोहोरा पाँच वर्षपछि पक्राउ

जबरजस्ती करणी मुद्दाका  फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन् ।

अदालतबाट सजायको सुनाइएका बझाङको मस्टा गाउँपालिका–१ कोटदेबलका ३८ वर्षीय डम्मर बोहरा पाँच वर्षपछि पक्राउ परेका हुन् । २०७५ चैत ४ गते अदालतले बोहरालाई जवर्जस्ती करणी मुद्दामा तीन वर्षको कैद सजाय सुनाएको थियो ।

तर, २०७५ चैत १२ गतेदेखि फरार रहेका बोहोरालाई प्रहरीले गत शुक्रबार मात्र पक्राउ गरेको हो । उनलाई सजाय कार्यान्वनका लागि जिल्ला अदालत बझाङमा पेस गरेको छ ।

टिप्पणीहरू