सशस्त्र प्रहरीद्वारा ८० लाखको कपडा बरामद

सशस्त्र प्रहरीद्वारा ८० लाखको कपडा बरामद
सुन्नुहोस्

सशस्त्र प्रहरीको टोलीले सिरहामा ८० लाख रुपैयाँ बराबरको भन्सार छलिएको कपडा बरामद गरेको छ । सशस्त्रको नम्बर ७ गण, हेडक्वार्टर सिरहाबाट खटिएको टोलीले सिरहा नगरपालिका १८, तारापट्टी इलाकामा उक्त कपडा बरामद गरेको बताइएको छ ।

टोलीले विशेष सूचनाको आधारमा भन्सार छलिएको र लुकाइएको ८० लाख बराबरको ७८ पोका कपडा नियन्त्रणमा लिएको हो । सशस्त्रले उक्त कपडा जिल्लामा हालसम्मकै ठूलो परिमाणमा बरामद भएको जानकारी दिएको छ ।

ठूला चाडपर्व लक्षित तस्करी बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाले बनाएको विशेष योजनाअन्तर्गत आज सो परिमाणको कपडा फेला परेको हो । 

यसअघि राजस्व अनुसन्धान कार्यालय इटहरी र सशस्त्र प्रहरी नम्बर ७ गण हेडक्वार्टर सिरहाको संयुक्त टोली परिचालन गरेपछि गत शनिबार   ४० लाख र हिजो २५ लाख रुपैयाँ बराबरको भन्सार छलिएको कपडा बरामद गरिएको बताइन्छ । 

गणले आज बिहान नियन्त्रणमा लिएको सामान आवश्यक कारवाहीको निम्ति राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी गरिएको छ ।

टिप्पणीहरू