राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी कपिलवस्तुमा समातिए

राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी कपिलवस्तुमा समातिए
सुन्नुहोस्

राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी कृतवृद्दिन शेष समातिएका छन् । कपिलबस्तुको शिवराज नगरपालिका ४, घर भई हाल बाँकेको नेपालगञ्ज बस्दै आएका ३६ वर्षीय उनी पक्राउ परेका हुन् । 

उच्च अदालत तुलसीपुरले २०७८ पुस १४ गते उनलाई राजस्व चुहावट मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले आदेशमा छ महिना कैद सजाय सुनाएको थियो । 

त्यस्तै, राजस्व चुहावट गरेको तीन करोड ९९ लाख १० हजार ९ सय ३ रुपैयाँ तथा जरिवाना एक करोड ९९ लाख ५५ हजार ४ सय ५२ रुपैयाँ समेत गरी पाँच करोड ९८ लाख ६६ हजार ३ सय ५५ रुपैयाँ तिर्न आदेश दिइएको थियो । 

तर, अदालतको आदेशलगत्तै फरार उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले हिजो कपिलबस्तुबाट नियन्त्रणमा लिएको हो । 

उनलाई फैसला कार्यान्वयनको निम्ति काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

टिप्पणीहरू