एमाले जिल्ला उपाध्यक्षद्वारा भतिजीमाथि यौन प्रस्ताव (अडियो)

सुन्नुहोस्

नेकपा एमाले जुम्ला जिल्ला उपाध्यक्षले आफ्नै भतिजीमाथि यौन प्रस्ताव राखेको अडियो बाहिर आएको छ । उपाध्यक्ष सुरतबहादुर शाहीले पढाई खर्च उपलब्ध गराइदिने प्रलोभनमा यौन प्रस्ताव गरेको सुनिन्छ । 

उनले ‘सेक्स’ भनेको बुझ्यौ ? भनेर टेलिफोन संवादमा सोधेका छन् । किशोरीले पनि ‘अँ बुझेँ’ भनेर जवाफ दिएकी छन् । टेलिफोनको प्रारम्भमा काका शाहीले पढ्ने कुरो सबै फिक्सड गरेको,भोलि भेटेर कुरा गर्ने र अनलाइनमा धेरै कुरा गर्न नहुने भन्दै सेक्सको सन्दर्भ निकालेको सुनिन्छ । 

टेलिफोन वार्तामा भएको कुरो कसैलाई नभन्न आग्रह गर्दै शाहीले ‘इन्ट्रान्स’ र कोठाको सन्दर्भ निकालेका छन् । किशोरीले कोठामा आउँछु भनेकी छन् । दिउँसो आमाको अपरेशन हुने जानकारी गराउँदै आफूले गरेको प्रतिबध्दता सबै पूरा गर्ने एमाले उपाध्यक्षले किशोरीलाई बताएका छन् । 

त्यसपछि उनले सांकेतिक रुपमा सोधेका छन्, ‘मैले भनेको कुरा के हो भन त ? कि म भनौं ?’ किशोरी भन्छिन्, ‘तपाईं नै भन्नुस् न ।’ शाहीले आफैंले भन्ने उल्लेख गर्दै सोध्छन्, ‘भनौं ? गाली त गर्दैनौ नि !’ किशोरीले गाली नगर्ने बताएपछि उनले भनेका हुन्, ‘सेक्स भन्या त बुझ्यौ ?’ लगत्तै किशोरी भन्छिन्, ‘अँ बुझेँ ।’

त्यसपछि उनले किशोरीसँग एउटा फोटो पठाइदिन आग्रह गर्छन् । पहिले निकै दबिएको आवाजमा बोलिरहेकी ती किशोरी फोटोको कुरो गरेपछि निकै चर्को स्वरमा बोल्न थाल्छिन् । उनले सोधिन्, ‘के को ? के को फोटो ? मेरो के को ?’

शाहीले जवाफ दिए, ‘माथिको ।’

टिप्पणीहरू