बरण्डामा जुवा खेलिरहेका तीन जना पुलिसको फन्दामा

बरण्डामा जुवा खेलिरहेका तीन जना पुलिसको फन्दामा

सुनसरीमा तीन जना जुवाडे खालबाट समातिएका छन् । इटहरी उपमहानगरपालिका-६ सेन्टर प्लाजास्थित बरण्डा होटलमा जुवा खेलिरहेको अवस्थामा  सोही ठाउँका ४० वर्षीय दिपेन्द्र कार्कीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । 

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई हिजो बेलुका नियन्त्रणमा लिएको बताइएको छ । 

प्रहरीले उनीहरुको साथबाट एक लाख ४९ हजार ५ सय ९० रुपैयाँ नगद र दुई तासबुक बरामद गरेको छ । साथै, पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू