अहेवको जागिर गरेर करोडौँ कमाएका कोइराला भ्रष्टाचारमा तानिए

अहेवको जागिर गरेर करोडौँ कमाएका कोइराला भ्रष्टाचारमा तानिए
सुन्नुहोस्

स्याङ्जाको चापाकोट नगरपालिकाका तत्कालिन सिनियर अहेव बिन्दु कोइराला भ्रष्टाचारमा तानिएका छन् । 

गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै एक करोड बिगो मागदाबीसहित उनीविरुद्ध आज मुद्दा दायर गरेको हो । 

अहेव कोइराला २०५४ कात्तिक ५ गते निजामती सेवामा प्रवेश गरेका थिए । अख्तियारले २०७८ मंसिर २१ गतेसम्मको सम्पत्ति जाँचबुझ गर्ने क्रममा ९० लाख ३९ हजार ६२० रुपैयाँ स्रोत नखुलेको भेटिएको जनाएको छ । 

कोइरालाले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति आफ्नी पत्नी गीता कोइरालाको नाममा समेत राखेको पाइएको छ । 

अख्तियारले दायर गरेको अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २९ बमोजिम गीतालाई समेत प्रतिवादी कायम गरी उक्त रकम जफत गर्न मागदाबी गरिएको छ ।
 

टिप्पणीहरू